
काठमाडौं, १८ साउन । एनआईसी एशिया बैंकले पदपूर्तिका लागि आवेदन खुलाएको छ ।
बैंकले वुधबार विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।
सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो ।
वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ । यसका लागि इच्छुकले बैंकको वेबसाइट http://www.nicasiabank.com/current-vacancies वा दिइएको क्युआर स्क्यान गरी २०७९ भदौ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ ।

















प्रतिक्रिया