३० आश्विन २०८३, शुक्रबार

उड्न लागेको नेपाल एअरलाइन्सको विमानबाट किन पक्राउ गरियो दुई जनालाई ?

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । मुम्बई उड्न लागेको नेपाल एअरलाइन्सको जहाजबाट दुई जनालाई पक्राउ गरिएको छ ।

चोरीमा व्यक्ति भाग्न लागेको सूचना प्राप्त भएपछि विमानस्थल प्रहरीले उड्न लागेको जहाज रोकेर अपरेशन चलाएको थियो ।

१४१ जना यात्रु रहेका विमानमा सबैलाई उतारिएको थियो भने त्यहाँ दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यसको दुई घण्टापछि जहाज मुम्बईका लागि उडेको थियो ।

जहाजबाट प्रहरीले कैलालीका सन्तोष लामिछाने र उनकी श्रीमतीलाई पक्राउ गरेको छ ।

लामिछाने सुन व्यवसायी भएको प्रहरीले जनाएको छ । लामिछाने सुनको चोरी र तस्करीमा संलग्न भएको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।