३० आश्विन २०८३, शुक्रबार

आरक्षण सीट लागु नगर्ने १९ सार्वजनिक सवारीलाई कारवाही

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत आरक्षण सीट लागु नगर्ने यात्रुवाहक बसलाई कारवाही गरेको छ ।

सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट लागु भए नभएको अनुगमन गर्दा आरक्षण सीटमा अन्य यात्रु बोक्ने १९ वटा सार्वजनिक भाडा बसलाई कारवाही गरेको हो ।

जसअन्तर्गत उपत्यका बाहिर चल्ने ४ वटा यात्रुवाहक बस, उपत्यकामा चल्ने १४ वटा यात्रुवाहक बस र १ वटा माईक्रो बसलाई नियम बमोजिम कारवाही गरेको छ ।

चेकजाँच अभियानलाई निरन्तर संञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।