
काठमाडौं, १८ साउन । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो बापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको यस बैंक अफ काठमाण्डू लिमिटेडले जमानतसम्बन्धी परेको भुक्तानीसम्बन्धी मुद्दा जितेको छ ।
मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो ।
यो फैसलासँगै बैंकले काउन्टर ग्यारेन्टी वापतका मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६६ लाख २५ हजार १० र युरो १४ लाख ११ हजार ४५३ बापतको रकम बैंक अफ काठमाण्डू लिमिटेडले फिर्ता पाउने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिए ।















प्रतिक्रिया