३० आश्विन २०८३, शुक्रबार

जानकी टेक्नोलोजीलाई ‘इक्सलेन्स इन इनोभेशन इमर्जिङ सेक्टर्स अफ द प्रोभिन्स आइसीटी-२०२२’ अवार्ड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । जानकी टेक्नोलोजी प्राइभेट लिमिटेडलाई ‘इक्सलेन्स इन इनोभेशन इमर्जिङ सेक्टर्स अफ द प्रोभिन्स आइसीटी-२०२२’ प्रदान गरिएको छ ।

मधेस प्रदेश सरकार, अर्थ मन्त्रालयले जानकी टेक्नोलोजीलाई ‘इक्सलेन्स इन इनोभेशन इमर्जिङ सेक्टर्स अफ द प्रोभिन्स आइसीटी-२०२२’ अवार्ड प्रदान गरेको हो ।

आईसीटी क्षेत्रमा उत्कृष्ट नवप्रवर्तन अभ्यासको कदर गर्दै माननीय मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयले पुरस्कार प्रदान गरेको हो । अवार्ड समारोह सीप, सीएनआई, युके एइड र स्वदेशीले सोमबार आयोजना गरेका थिए ।

जानकी टेक्नोलोजी २००७ मा एक कलेज छात्रावासबाट सुरु भएको सह(संस्थापक संचालित कम्पनी हो । आज कम्पनीले आफ्नो पाइलाहरू परिपक्व बनाएको छ र सुरुदेखि नै आफ्नो लगन, उत्साह पूर्ण समर्पणका साथ धेरै कोसेढुङ्गाहरू हासिल गरेको छ ।

जानकी टेक्नोलोजीको आफ्नो क्षेत्रमा गुणस्तरीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धतालाई नेपालभरका विभिन्न उद्योगपति तथा मिडिया हाउसहरूले मान्यता दिएका छन् ।

संसार एक डिजिटल युगमा परिणत भएको छ र प्राविधिक विकासको युगमा जानकी टेक्नोलोजी स्प्यारो एसएमएस र खल्ती जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध गराउने सबैभन्दा नयाँ प्रविधि प्रदायकहरूमध्ये एक हो । एक दशक भन्दा बढी यस क्षेत्रमा छन् र सफलतापूर्वक धेरै प्रविधिहरू स्थापना गरिसकेका छन् ।

‘सूचना र प्रविधि हाम्रो समाज, हाम्रो देश तथा हाम्रो अर्थतन्त्रका अत्यावश्यक अंगहरू हुन्। प्रतिष्ठित आइसीटी अवार्ड अफ एक्सलेन्स प्राप्त गर्नु हाम्रा लागि ठूलो सम्मान हो । यी मान्यताहरूले हामीले समुदाय र राष्ट्रलाई कसरी प्रोत्साहन पुर्याएका छौं भनेर देखाउँछ’, जानकी टेक्नोलोजीका सहसंस्थापक अरविन्द शाहले भने ।