३० आश्विन २०८३, शुक्रबार

बाँकेमा गाईको मासुसहित दुई पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बाँके, १७ साउन । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरबाट आज प्रहरीले गाईको मासुसहित दुई जनालाई पक्राउ गरेको छ ।

गाई काट्दै गरेको सूचनाको आधारमा गएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१७ थुकैलाका ४६ वर्षीय सलाउद्दीन जोलाहा र सोही ठाउँका ५३ वर्षीय बदरुद्दीन जोलाहालाई डेढ क्विन्टल गाईको मासुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनीहरुसँग गाई काट्न प्रयोग हुने औजारसमेत प्रहरीले बरामद गरेको छ । उनीहरुमाथि गौबधसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । –रासस