
काठमाडौं, १७ साउन । नेकपा मालेका महासचिव सीपी मैनालीले बाम एकताका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व लिन आग्रह गरेका छन् ।
मैनालीले नेपाली कांग्रेसले अन्य दलमा चढेर बहुमतका लागि गठबन्धन गरेको टिप्पणी गर्दै देश जोगाउन फेरि केपी शर्मा ओलीको नेतृत्व चाहिएको बताए ।
मंगलबार तुलसीलाल अमात्य स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव मैनालीले यस्तो बताएका हुन् ।
‘देश जोगाउन फेरि एकपटक केपी ओलीको नेतृत्व चाहिएको छ,’ मैनालीले भने । अब सबै देशभक्त मिलेर देश जोगाउनका लागि सरकारको नेतृत्व केपी ओलीलाई सुम्पिनु पर्ने मैनालीको भनाई छ । उनले पाँच दलीय गठबन्धनका नेता लाज पचाएर बिदेसीसामू लम्पसारवादी भएको भन्दै चर्को आलोचना पनि गरे ।















प्रतिक्रिया