३० आश्विन २०८३, शुक्रबार

उदयपुरमा खोलाले बगाउँदा एकको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १७ साउन । उदयपुरमा खोलाले बगाएर एकजनाको ज्यान गएको छ ।

सोमबार बेलुका रौतामाई गाउँपालिका-७ स्थित त्रियुगा खोलाले बगाउँदा ५० वर्षीय सिद्धिराज चापागाई खत्रीको ज्यान गएको हो ।

बेलुका सात बजे मुर्कुचीबजारबाट तिलबारी घरतर्फ जानेक्रममा खोलाले बगाउँदा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहन थापाले बताए ।

उनको शव दुई किलोमिटर तल त्रियुगा नगरपालिका- ७ कौवाइमा फेला परेको उनले बताए ।