
काठमाडौँ, १७ साउन । आज देशका धेरै स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखका मौसमविद् वरुण पौडेलका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशको तराईमा वर्षा भइरहेको हो।
आज दिउँसो पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना देखिएको उनले जानकारी दिए। वर्षा त देशका सबैतिर धेरै स्थानमा हुने सम्भावना छ’, मौसमविद् पौडेलले मंगलबार बिहान नेपालखबरसँग भने, ‘गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।’















प्रतिक्रिया