३० आश्विन २०८३, शुक्रबार

प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १७ साउन । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

राईलाई सोमबार परीक्षण गर्दा संक्रमण देखिएको हो ।

मुख्यमन्त्रीसहित उनको परिवारका सदस्यहरू, सचिवालय, निवासका सुरक्षाकर्मी र कर्मचारीलगायत १६ जनाको पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित उनकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा संक्रमण देखिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।