३० आश्विन २०८३, शुक्रबार

बेनेली मोटो ब्लगर्स सम्मेलन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १७ साउन । बेनेली नेपालले सिर्जनाकर्ता, निर्माताहरू र भिडियोग्राफी प्रयोग गरेर आफ्ना रचनात्मक विचारहरूलाई जीवन्त बनाउन मन पराउने व्यक्तिहरूका लागि मोटो ब्लगर्स सम्मेलनको आयोजना गरेको छ ।

३० जुलाई शनिबार आयोजित बेनेली मोटो ब्लगर्सको भेटमा ४० भन्दा बढी मोटो ब्लगर्सहरू सहभागी भएका छन् ।

बैठकले मोटो ब्लगर्सहरूलाई सडक सुरक्षा, गैरकानुनी परिमार्जनहरूबारे शिक्षा दियो भने मोटो ब्लगर्सहरूले पनि आफ्नो यात्रा साझा गरे र आफ्नो समुदायको पहिचानको आनन्द उठाए ।

बेनेलीले कार्यक्रममा ७५२एस, टीएनटी६००आई, ३०२एस, टीआरके२५१ र प्यानएरिया १२५ जस्ता फ्ल्यागशिप मोडलहरू पनि प्रदर्शन ग¥यो र सबै सहभागीहरूलाई इटालियन डिजाइन र कार्यक्षमता अनुभव गर्न अवसर दियो ।

बेनेलीको स्थापना टेरेसा बोनी बेनेली परिवारद्वारा पेसारो, इटालीमा सन् १९११ माभएको थियो । बेनेली २ वटा सबैभन्दा पुरानो इटालियन मोटरसाइकल ब्रान्डहरू मध्ये एक हो ।

बेनेली एउटा ब्रान्ड हो जसले सडक र खेलकुद प्रदर्शन गर्ने मोटरसाइकल मात्र नभई प्रिमियम स्कुटरहरू पनि प्रदान गर्दछ । एकै समयमा सवारी अनुभव र सुरक्षा सुनिश्चित गर्दै बेनेली मोटरसाइकल र स्कुटरहरू सबै प्रकारका सवारहरूको आवश्यकताहरू पूरा गर्नका लागि सिर्जना गरिएको हो ।

बेनेली मोटरसाइकल र स्कुटरहरूले बनोट र प्रक्रियाको उत्तम संयोजन प्रतिनिधित्व गर्दछ । बेनेली एक ब्रान्ड हो जसले मोटरसाइकल र स्कुटरहरू प्रदान गर्दछ जुन भव्य रूपमा मात्र चल्दैन, यसले भावनात्मक आगोको झिल्कोको प्रतिबिम्बित गर्दछ । हाल बेनेली ९० भन्दा बढी देशमा रहेको छ ।

केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेड नेपालमा बेनेली र किवे ब्रान्डको आधिकारिक वितरक हो र सन् २०१५ देखि सञ्चालनमा रहेको छ । हालयसले थ्रीएस सुविधासहित २६ आउटलेटहरूको डिलर नेटवर्क सञ्चाल नगरिरहेका छन् ।