
काठमाडौँ, १६ साउन । ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लब र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
सोमबार प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा तीन बुँदे सहमति सरकारले पालना नगरे आफूहरु हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘तीन बुँदे सहमतिकाविरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकिएन र तीन बुँदै सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरुलाई दिन चाहन्छौँ ।’
















प्रतिक्रिया