३० आश्विन २०८३, शुक्रबार

विवादमा मुछिएपछि ‘माग्ने बुढा’ले माफी माग्दै हटाए ‘कमेडी हब’को ट्रेलर

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । टीभी शो ‘कमेडी हब’को ट्रेलर विवादमा मुछिएपछि केदार घिमिरे ‘माग्ने बुढा’ले माफी मागेका छन् ।

अन्जानमा आफूहरुबाट गल्ती भएको स्वीकार्दै घिमिरेले दर्शक र शुभचिन्तकको सल्लाह बमोजिम ट्रेलरमा समावेश उक्त दृश्यलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाएको जनाएका छन् ।

गएराति सार्वजनिक गरिएको ट्रेलरमा हिन्दूहरुका आराध्यादेव भगवान शिवजीलाई मजाक बनाइएको भन्दै विरोध भएको थियो । पपगायक सञ्जय श्रेष्ठले त उक्त एपिसोडलाई रोक लगाउन माग गरेका थिए ।

सामाजिक सञ्जालमा हिन्दूहरुको आस्थामाथि उक्त दृश्यले प्रहार गरेको भन्दै विरोध भएको थियो । अहिले युट्युबबाट उक्त दृश्य हटाइएको छ ।