३० आश्विन २०८३, शुक्रबार

आइएमई पे एपको टप–अपमा नयाँ क्यासब्याक अफर अध्यावधिक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड”को “आइएमई पे”ले मोबाईल रिचार्जमा नयाँ अफर अध्यावधिक गरिएको छ ।

डिजिटल भुक्तानीको लागि मुख्य रोजाईमा पर्दै आएको आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ । यसै सेवामा थप प्रवर्दन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले मोबाईल रिचार्जमा थप २ प्रतिशत क्यासब्याकको अफर ल्याएको छ ।

आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टप–अप गर्दा ५ प्रतिशत क्यासब्याक पाउने सुविधा थियो। यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाईल नम्बरमा टप–अप गर्दा २ प्रतिशत क्यासब्याक पनि पाउनुहुनेछ ।

यस क्यासब्याक अफरलाई अझ रमणिय बनाउन कम्पनीले एक जना भाग्यशाली बिजेतालाई यस अभियानको पहिलो महिनामा “वान प्लस टेन प्रो” स्मार्टफोन पनि उपलब्ध गराउने बताएका छन् । सोको निम्ती सेवाग्राहीले महिना भरी कम्तीमा रू. ५० को १० टप–अप गर्नु पर्ने नियम तथा सर्त कम्पनीले प्रस्टाएका छन् ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमा:

झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमईपे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवाप्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।

मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो ।