
काठमाडौं, १६ साउन । लेनदेनको मुद्दामा १० लाख रुपैयाँ विगो र २ वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ परेका छन् ।
मोरङको विराटनगर महानगर ३ घर भइ हाल भक्तपुरको गठ्ठाघर बस्ने विपिन पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । पोखरेलविरुद्ध रामकृष्णा ताम्राकारले दिएको जोहरीमा मोरङ जिल्ला अदालतले २०७६ पुष २५ गते कैद र नगद विगोको फैसला सुनाएको थियो ।
त्यसपछि फरार रहेका पोखरेललाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार काठमाडौँको बसुन्धराबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।















प्रतिक्रिया