३० आश्विन २०८३, शुक्रबार

खेलाडीलाई दोष नलगाउनुस्, गल्ती मेरो होः प्रशिक्षक केसी

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । यू–२० राष्ट्रिय फुटबल टोलीले भारतसँग फराकिलो अन्तरले पराजय भोगेपछि प्रशिक्षक मेघराज केसीले खेलाडीलाई दोष नलगाउन आग्रह गरेका छन् ।

केसीले आफूमा अनुभवको कमी रहेको र आफ्नो गल्ती रहेको भन्दै खेलमा पराजित हुनुपरेको बताए । यसमा आफ्नो गल्ती रहेको भन्दै केसीले खेलाडी र एन्फालाई दोष नदिन आग्रहसमेत गरेका छन् ।

भारतमा जारी साफ यू–२० च्याम्पियनसीपमा आइतबार नेपाल भारतसँग ८–० ले पराजित भएको थियो । त्यसपछि केसीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।

‘टिमलाई समर्थन गर्नु भएकोमा सबैलाई धन्यवाद । खेलाडीहरुमा अनुभवको कमी छ तर ट्यालेन्ट पनि त्यत्तिकै छ,’ केसीले लेखेका छन्, ‘सबैलाई खुशी दिन नसकेकोमा दुःखी छौं । खेलाडी र एन्फालाई दोष नलगाउनुस्, यो मेरो गल्ती हो ।’ त्यस्तै, उनले आफूलाई रिकभर हुन दुई दिन समय लाग्ने बताए । त्यस्तै, उनले आफ्नो फाइदाका लागि टिममै रहेर डुबाउन नसक्ने पनि जनाएका छन् ।

भारतसँग पराजय व्यहोरेसँगै नेपालको फाइनल यात्रा कठिन बनेको छ ।

नेपाल र भारतको समान ६–६ अंक छ तर भारत अगाडि छ । बंगलादेश तीन खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा छ ।