
काठमाडौं, १५ साउन । नेपाल गाणित संघ (म्याथम्याटिक्स एशोसियसन अफ नेपाल) ‘मेन’को नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ ।
संघको साधारण सभाले काठमाडौं युनिभर्सिटी अन्तर्गत स्टिम एजुकेशनका विभागीय प्रमुख एसिस्टेन्ट प्रोफेसर बिनोद प्रसाद पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
निवर्तमान कार्यसमितिका अध्यक्ष दिपक बास्तोलाको अध्यक्षत र प्रा. डा. भद्रमान तुलाधरको प्रमुख आतिथ्यतामा बसेको साधारण सभाले पन्तको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको नवनिर्वाचित कोषाध्यक्ष छवि ढुंगानाले जानकारी दिए ।
नवनिर्वाचित संघको उपाध्यक्षमा हरि प्रपन्न कँडेल, महासचिवमा सनत कुमार आचार्य, सचिवमा सागर दाहाल र कोषाध्यक्षमा छवि ढुंगाना रहेका छन् ।
त्यसैगरी, समितिको सदस्यहरुमा हरि पण्डीत, इन्द्रकुमार लामा, इन्द्रकुमार साख, धर्मेन्द्र यादव, भीमसेन खड्का र प्रजित अधिकारी चयन भएका छन् ।
बाँकी पदाधिकारीहरु भने संघको आगामी बस्ने पूर्ण बैठकले चयन गर्ने ढुंगानाले बताए । उनका अनुसार महिला सहकोषाध्यक्ष र एक महिलासहित थप ३ जना सदस्य बैठकबाट थपिनेछ ।
सभाले संघको संरक्षणमा प्रा. डा. भद्रमान तुलाधर र दीपक बास्तोला तथा सल्लाहकारमा प्रा. डा. बालचन्द्र लुइटेल रहने निर्णय गरेको छ ।
त्यस्तै, नवनिर्वाचित समिति तीन वटा विभागका प्रमुख पनि चयन गरेको छ । जसमा इभेन्ट म्यानेजमेन्ट डाइरेक्टरमा छवि ढुंगाना, एकेडेमिक डाइरेक्टरमा सनत कुमार आचार्य र एड्मिनिस्ट्रेटिभ डाइरेक्टरमा सागर दाहाललाई प्रमुख चयन गरिएको हो ।
संघले विशेषगरी विश्वस्तरमा हुने गणित प्रतियोगितामा नेपालबाट सहभागिता जनाउने गर्दछ । यसै वर्ष पनि इन्टरनेशनल म्याथम्याटिक्स ओलम्पियड (आईएमओ) २०२२ मा ६ जना नेपालीहरु सहभागीमध्ये दुई जना स्वीकृती आचार्य र कपिल शर्माले अनरेबल मेन्सन प्राप्त गर्नसमेत सफल भएका संस्थाका महासचिव सनत कुमार आचार्यले बताएका छन् ।
आगामी दिनमा यस्ता क्रियाकलापमा सक्रियता कायम राख्दै यस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा सक्रिय सहभागीतालाई जोड दिँदै विभिन्न पदकहरु देशका लागि हासिल गर्ने प्रमुख लक्ष्य रहेको महासचिव आचार्यले जनाए ।















प्रतिक्रिया