३० आश्विन २०८३, शुक्रबार

यस्तो छ सेलपेको एनीभर्सरी अफर

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनीभर्सरी अफर लिएर आएको छ ।

यस योजनाअन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेमा केवाईसी भेरिफाइ गरी बैंक लिंक गरेबापत २०० रुपैयाँ वालेट ब्यालेन्स पाउनेछन् ।

साथै, सामसङ ग्यालेक्सी ए५२ जित्ने मौका पनि रहेको छ । यो योजना प्रथम ३३३ ग्राहकहरुलाई लागु हुनेछ्र । यो योजना यही साउन १५ गतेको लागि लागु हुनेछ ।

ग्राहकहरुले सेलपे कार्टमा २०% छुट अधिकतम १००० रुपैयाँसम्म पाउन सक्नेछन् । साथै पहिलो पटक फण्ड ट्रान्स्फर गर्दा २०० रुपैयाँ बराबरको सपिंग भौचर पाउन सक्नेछन् ।