३० आश्विन २०८३, शुक्रबार

दोस्रोपटक अर्थमन्त्री बनेका शर्मा बोलेनन् बजेट प्रकरणबारे

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । २५ दिनपछि पुनः अर्थमन्त्रीको पदभार ग्रहण गरेका अर्थमन्त्री जनार्दन शर्माले बजेट विवादबारे कुनै प्रतिक्रिया दिएनन् ।

आइतबार अर्थमन्त्रीमा नियुक्त भएका शर्माले साँझ राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि पदभार ग्रहण गरेका शर्माले बजेट प्रकरणबारे कुनै प्रतिक्रिया नदिएका हुन् ।

सिंहदरबारमा उनलाई राजस्वका सचिव कृष्णहरि पुष्करलगायत कर्मचारीहरुले स्वागत गरेका थिए । तर अर्थका सचिव मधु मरासिनी भने समारोहमा अनुपस्थित रहेका थिए । अनधिकृत व्यक्तिले बजेटमा करका दर हेरफेर गरेको भन्दै छानबिनका लागि संसदीय विशेष समिति बनेपछि शर्माले २२ असारमा राजीनामा दिएका थिए ।

उनले आफूले बनाएको बजेट कार्यान्वयनको अवसर दिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डलगायतलाई धन्यवाद दिएका छन् ।

अर्थमन्त्री शर्माले भने, ‘बजेट कार्यान्वयनका सन्दर्भमा समीक्षा गरेर कहाँ कमजोरी भए ? कसरी हटाउन सकिन्छ भनेर उचित समीक्षासहित प्रभावकारी कार्यान्वयन गर्न लागिपर्ने छौं ।’ आफ्नो सम्बोधनसँगै कार्यक्रम समाप्त गरेको घोषणा गरेका शर्माले सञ्चारकर्मीहरुको कुनै प्रश्न भने लिएनन् ।