३० आश्विन २०८३, शुक्रबार

बालुवा बोकेको ट्रयाक्टर पल्टिँदा एकको मृत्यु, छ घाइते

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १५ साउन । मुगुको छायाँनाथ रारा नगरपालिका–१३, रुघामा आज बिहान ट्रयाक्टर पल्टिँदा एकको ज्यान गएको छ भने छ जना घाइते भएका छन् ।

कर्णाली नदीबाट बालुवा लोड गरेर बामतर्फ जाँदै गरेको लु. ४ त ७७६२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका स्थानीय ३५ वर्षीय लोकेन्द्र लावडको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार घाइते छ जनालाई उपचारको निम्ति जिल्ला अस्पताल पठाइएको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनापछि फरार ट्रयाक्टर चालकको खोजी भइरहेको छ ।