३० आश्विन २०८३, शुक्रबार

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पुन: कोरोना संक्रमण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङटन डिसी, १५ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेन एकपटक फेरि कोरोना संक्रमित भएका छन्। उनका निजी चिकित्सकले ‘रिबाउन्ड इन्फेक्सन’ भएको बताएका छन्।

बाइडेनलाई यसअघि जुलाई २१ मा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित भएपछि आफ्नो सम्पर्कमा आउने मानिसको सुरक्षाको लागि आइसोलेसनमा रहेका थिए ।

बाइडेनका फिजिसियन डा.कोविन ओ कोनोरले उनलाई फेरि उपचारको जरुरी नभए पनि निगरानीमा राखिने बताएका छन्। बाइडेनले कोरोनाबाट सुरक्षित रहनका लागि पैक्सलोविड नामको एन्टिबाइटिक दबाइ लिइरहेका छन्। –बीबीसी