
काठमाडौं, १५ साउन। बजेट बनाउँदा अनधिकृत मान्छे छिराएको अभियोगपछि छानबिनका लागि अर्थमन्त्री पदबाट राजीनामा दिएका जनार्दन शर्मा फेरि नियुक्त हुने भएका छन्।
नेकपा माओवादी केन्द्रले उक्त पदमा शर्माकै नियुक्ति हुने र आइतबार सपथको तयारी भएको जनाएको छ। संसदीय छानबिन समितिले अनधिकृत मान्छे प्रवेश गराएको कुनै प्रमाण फेला नपरेको प्रतिवेदन बुझाएसँगै शर्मा सोही पदमा फर्किने भएका हुन्।















प्रतिक्रिया