
काठमाडौँ, १४ साउन । गायिका शान्तिश्री परियार तथा सारिका घिमिरेको स्वरमा तयार भएको नयाँ तीज गीत ‘छम्म छम्म नाचौँ न’ को म्युजिक भिडियो शुक्रवार सार्वजनिक गरिएको छ ।
काठमाडौंमा आयोजित एक समारोहमा सञ्चारकर्मी गीता अधिकारीको शब्द तथा योगेशकाजीको संगीत र संगीत संयोजनको उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।
गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता तथा संगीतकार राजु सिंह, सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं आदिको आतिथ्यतामा आयोजित समारोहमा उक्त भिडियो विमोचन गरिएको हो ।















प्रतिक्रिया