३० आश्विन २०८३, शुक्रबार

आफैँ पढ्ने विद्यालयको बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दाङ, १४ साउन । विद्यालयको बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु भएको छ। गढवा गाउँपालिका–७ मानपुरका भीमसेन थापाकी छोरी तीन वर्षीया पूजाको ज्यान गएको हो।

प्रहरीका अनुसार शुक्रबार आफू पढ्ने न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले किचेको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बसबाट ओर्लिने क्रममा उनलाई पछाडिको टायरले किचेको बताए।

गम्भीर घाइते भएकी उनलाई उपचारका लागि लमही अस्पताल पुर्‍याइए लगत्तै मृत्यु भएको थियो। प्रहरीले विद्यालयको बस र चालकलाई नियन्त्रणमा लिएको छ।