३० आश्विन २०८३, शुक्रबार

नेपालमा दिगो विकास प्रवर्द्धन गर्न अमेरिकी दूतावास र अमेरिकी चेम्बर अफ कमर्सबीच सहकार्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । अमेरिकी दूतावासले अमेरिकन चेम्बर अफ कमर्स (अमच्याम नेपाल)सँगको सहकार्यमा नेपालमा दिगो आर्थिक विकासलाई प्रवर्द्धन गर्न व्यवसायी र सरकारी नेताहरुसँग एक दिने कार्यशाला आयोजना गरेको छ ।

कार्यक्रममा नेपालको व्यापारिक वातावरण र लगानी नीति प्रस्तावका विषयमा छलफल भएको थियो ।

नेपालमा दिगो आर्थिक विकासलाई प्रवर्द्धन गर्ने सबै प्रमुख सरोकारवालाहरू– उद्यमीहरू, कार्यकारीहरू, व्यापार संघका प्रतिनिधिहरू, विकास एजेन्सीहरू, थिंक ट्याङ्कहरू र सरकारी अधिकारीहरू उपस्थिति थियो । कार्यक्रम अमेरिकी दूतावासको लागि नेपालमा अमेरिकी व्यापार लगानी र संलग्नता बढाउनको लागि प्रोत्साहन गर्ने अवसर पनि थियो ।

कार्यक्रमको उद्घाटन मन्त्रिपरिषदको कार्यभार म्यान पी माइकलर जुनियर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले गरेका थिए ।

चार्ज डी अफेयर्स म्यानी पी. माइकलर जुनियरले भने, “नेपालमा, अन्य धेरै देशहरूमा जस्तै, निजी क्षेत्र आर्थिक विकास परिवर्तनको प्रमुख प्रतिनिधि हो साथै यसले रोजगारी सिर्जना र राष्ट्रिय आयमा सबैभन्दा बढी योगदान गर्दछ ।”

“त्यसभन्दा बाहिर, निजी क्षेत्रले उदाहरणको रूपमा नेतृत्व गर्नुका साथै जिम्मेवारी र समावेशी जस्ता मूल्यहरू प्रदर्शन गर्दछ, र सकारात्मक प्रभाव पार्छ जसले नेपालका सबै समुदायहरूलाई माथि पुर्‍याउँछ ।”

कार्यक्रमले नेपाल–अमेरिकी व्यापार र लगानी सम्बन्धलाई समर्थन गर्न काम गरिरहेको नयाँ र द्रुत गतिमा बढ्दै गइरहेको अमेरिकी च्याम्बर अफकमर्स इन नेपाल (अमच्याम नेपाल) को उत्कृष्टता देखाइएको थियो ।

अमच्याम नेपालका अध्यक्ष अजित बीशाहले निजी क्षेत्रको प्यानलमा एफएनसीसीआई, सीएनआईरनुसाकीका नेताहरूसँग मिलेर (अमच्याम नेपाल)को आवश्यकता र नेपालमाहाल सञ्चालनमा रहेका अमेरिकी व्यवसायहरूका लागि नीतिगत चुनौतीहरू न्यूनीकरण गर्न कसरी काम गरिरहेको छ भन्ने बारेमा जानकारी गराएका थिए ।

उनले नेपालबाट विश्वका अन्य भागमा आईटी सेवा पु¥याउने ठूलो अवसर रहेको र यस उद्योगलाई तिव्रता दिन नासकम जस्तो संस्थाको आवश्यकता रहेको बताए ।