
काठमाडौँ, १३ साउन । देशका छुट्टा छुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ। बाँके, बैजनाथ गाउँपालिका-१ आरक्ष टोल बस्ने ५५ वर्षीय बैरीलाल थापा आफ्नै घरको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन्।
यस्तै लमजुङ, मध्य नेपाल नगरपालिका-१ समिवोटस्थित रिस्ती खोलामा पहिचान खुल्न नसकेका अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्। दुबै घटनाका बारेमा प्रहरीले अनुसन्धान थालिएको जनाएको छ।















प्रतिक्रिया