३० आश्विन २०८३, शुक्रबार

धनुषामा दुई जना लुटेरा पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ साउन। धनुषामा साउदी अरबबाट श्रीमानले पठाएको पैसा बैंकबाट निकालेर बाटोमा हिँडिरहेका बेला महिलालाई लुटेको आरोपमा दुई जना व्यक्ति पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१ मिल्स एरियामा स्थानीय २८ वर्षीया शर्मिलादेवी यादबले बैंकबाट २ लाख रुपैयाँ निकालेर बाटोमा हिँडिरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले पैसा राखेको ब्याग लुटेर लगेको भन्दै उजुरी दिएकी थिइन् ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई घटनामा प्रयोग भएको मोटरसाइकलसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार प्रदेश २–०२–००५–प ००८५ नम्बरको मोटसाइकलमा सवार २० वर्षीय जितेन्द्रप्रसाद शाह र २१ वर्षीय दीपेन्द्र मन्डल पक्राउ परेका हुन् ।