
काठमाडौं, १२ साउन । राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
संघीय संसद भवन नयाँ बनोश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै, भौतिक पूर्वाधारमन्त्री मोहमद इश्तियाक राईले नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको संसद सचिवालयको सूचनामा उल्लेख छ ।
















प्रतिक्रिया