
काठमाडौं, ११ साउन । सिभिल बैंकले इलामको सूर्याेदय नगरपालिका, वडा नं १० स्थित फिक्कलमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
वुधबार एक्सटेन्सन काउन्टरको जिल्ला समन्वय समिति, इलामका उपप्रमुख चित्रकला बराइलीले उद्घाटन गरिन् ।
काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि बराइली, सिभिल बैंकका प्रदेश नं. १ का प्रमुख राजेश ढकाललगायत स्थानीय राजनीतिकर्मी, उद्योगी, व्यवसायी मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन ।
सात लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टरसहित १३ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ ।
साथै बैंकको हालसम्म ९९ एटिएम रहेका छन् । बैंकले गत आषाढ मसान्त सम्मरु. ९६ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।















प्रतिक्रिया