१ कार्तिक २०८३, शनिबार

नारायणकाजीको निवासमा गृहमन्त्री

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ साउन । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् ।

नेता श्रेष्ठलाई भेट्न गृहमन्त्री खाँण आज उनको निवास पुगेका थिए । सो भेटवार्तामा नागरिकता विद्येयकको विषयमा छलफल भएको बुझिएको छ ।

यसको अलावा राष्ट्रिय राजनीतिको बारेमा समेत कुराकानी भएको थियो । श्रेष्ठले सरकारले ल्याएको नागरिकतासम्बन्धी विद्येयकको बारेमा सार्वजनिक रुपमै आलोचना गरेका थिए ।

उक्त विद्येयक प्रतिनिधिसभाबाट पारित भएको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आज (बुधबार) नै राष्ट्रियसभामा निर्णयार्थ प्रस्तुत हुँदैछ ।