१ कार्तिक २०८३, शनिबार

संवैधानिक नियुक्तिविरुद्धका रिटमाथिको सुनुवाइ स्थगित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ साउन । संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्तिविरुद्ध परेका रिटमाथि बुधवार सुनुवाइ हुन सकेन ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरू हुनुपूर्व विपक्षीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले विपक्षीलाई म्याद तामेल नभएको भन्दै ‘अब्जेक्सन’ जनाएपछि सुनुवाइ रोकिएको हो ।

रिट निवेदकमध्येका एक अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार कतिपय विपक्षी निकायलाई म्याद नै जारी नभएको तथा लिखित जवाफ समेत नआएकाले म्याद जारी हुनुपर्ने माग वरिष्ठ अधिवक्ता पन्तले गरेका थिए ।

त्यसपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडाले संवैधानिक निकायमा बस्नेहरूलाई आफ्नो सुनुवाइको मौका दिनुपर्छ भनेपछि आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको अधिवक्ता पौडेलले जानकारी दिए ।