१ कार्तिक २०८३, शनिबार

संसदीय निर्वाचनका लागि ८ करोड मतपत्र छापिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । आगामी हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ८ करोड मतपत्र छापिने निर्वाचन आयोगले जनाएको छ ।

मंगलबार स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आगामी दुवै निर्वाचनका लागि ८ करोड मतपत्र छापिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका हुन् ।

उनले ८ करोड मतपत्रका साथै एउटा मतदान केन्द्रमा ४ वटा मतपेटिका राख्नुपर्ने पनि बताए । उनले भने, ‘अबको चुनावमा ८ करोड मतपत्र छाप्नुपर्छ । एउटा मतदान केन्द्रमा चार वटा मतपेटिका राख्नुपर्छ । यसअनुसार कर्मचारी पनि आवश्यक पर्छ ।’