
काठमाडौं, १० साउन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुन सक्ने बताएका छन्।
मंगलबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मन्त्रिपरिषद बैठकले मंसिर ४ गते निर्वाचन घोषणा गरे आश्चर्य नहुने बताए । ‘अबको मन्त्रिपरिषद् बैठकले मंसिर ४ को मिति घोषणा गरे आश्चर्य हुने छैन,’ उनले भने।
उनले आम निर्वाचनमा खर्च बढ्ने आँकलन गरे । उनले स्थानीय तह निर्वाचनमा दुई करोड मतपत्र छापेको बताउँदै आगामी निर्वाचनमा ८ करोड मतपत्र छाप्नुपर्ने बताए । उनले निर्वाचनको लागि आन्तरिक तयारी थालिसकेको जानकारी दिएका थिए ।















प्रतिक्रिया