१ कार्तिक २०८३, शनिबार

चार वर्षीया बालिकामाथि बलात्कार गरी हत्या आरोपमा तीन जना पक्राउ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर
पर्सा, ९ साउन । चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–२ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका–१६ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेका छन् ।
बिहीबार साँझदेखि बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वीरगंज महानगरपालिका–२ छप्कैयास्थित खाली जग्गाको झाडीमा ती बालिकाको शव फेला पारेको थियो ।
घटनाको थप अनुसन्धानको क्रममा घटनामा संलग्न १२ वर्षीय बालकलाई पक्राउ गरी थप सोधपुछको क्रममा निज बालक र अन्य ३ जनाको संलग्नतामा ती बालिकालाई जबरजस्ती करणी पश्चात हत्या गरेको खुल्न आएको हो ।
घटनामा संलग्नमध्ये सलमान खानलाई सोही महानगरपालिका–२ घुसुकपुरस्थितबाट तथा १८ वर्षीय किशोरलाई सोही महानगरपालिका–१६ नगवास्थित सडकबाट प्रहरीले पक्राउ गरको हो ।
उनीहरु उपर जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।