१ कार्तिक २०८३, शनिबार

साफ यु-२० मा नेपालको सानदार सुरुवात, माल्दिभ्स ४–० ले पराजित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ साउन ।  नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित  गर्दै साफ यु-२० च्याम्पियनसीपमा सानदार सुरुवात गरेको छ ।

भारतको भुवनेश्वरस्थित कालिन्दा रंगशालामा सोमबार भएको खेलमा नेपालले सुरुवात देखि नै माल्दिभ्सलाई दबावमा राखेको थियो ।

नेपालका लागि दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । ४२ औं मिनेटमा दिपेश गुरुङले गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता बनाएको हो ।