१ कार्तिक २०८३, शनिबार

गायिका दिलमाया सुनारका हत्या आरोपी श्रेष्ठ जेल चलान

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ साउन । लोक गायिका दिलमाया सुनारको हत्याको आरोपमा पक्राउ परेका सूर्य भनिने खिलबहादुर श्रेष्ठ जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि आइतबार पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाउन आदेश दिएपछि श्रेष्ठलाई कारागार चलान गरिएको बताइएको छ ।

सुर्खेत घर भई काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटारमा बस्ने ३३ वर्षीया गायिका सुनार असार ११ गते आफ्नै कोठामा मृत फेला परेकी थिइन् ।

गायिका मृत भेटिएको दिन उनका प्रेमी भनिने श्रेष्ठ पनि त्यहि बसेको र उनी राति नै भागेका थिए । गायिकाका बुवा केशर कामीले श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनीमाथि थप अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा सुनारको घाँटीमा सलले बाँधेर झुण्डाएर हत्या गरेको निष्कर्षसहितको प्रतिबेदन प्रहरीले बुझाएको थियो ।