१ कार्तिक २०८३, शनिबार

५४ अंकले बढ्यो नेप्से

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ साउन । शेयर बजारमा दोस्रो दिन पनि उछाल आएको छ। सोमबार पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले बढेको छ।

नेपाल राष्ट्र ब्यांकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि शेयर बजार उकालो लाग्न थालेको छ। आइतबार ६१.०५ अङ्कले वृद्धि भएको नेप्से सोमबार ५४.४५ अकंले बढेर दुई हजार १३२.९६ बिन्दुमा पुगेको छ। यो आइतबारको तुलनामा २.६२ प्रतिशतले वृद्धि हो।

त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.०५ अङ्कले बढेर ४०७.३८ मा पुगेको छ। आइतबारको तुलनामा २.२७ प्रतिशतले बढेको हो।