
काठमाडौँ, ९ साउन । सुर्खेतमा काईनेटिक ढुङ्गाजस्तो देखिने वस्तुसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलका ३२ वर्षीय दीपक बहादुर बस्नेत छन् ।
उनको साथबाट १६ क्विन्टल ९१ किलो ७०० ग्राम कालो सेतो रंगको खनिज पदार्थ (काईनेटिक ढुङ्गा)जस्तो देखिने वस्तुसहित बरामद भएको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले अवैध उत्खनन गरी दीपकको घरमा लुकाएर राखिएको उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको हो ।















प्रतिक्रिया