– विजय थापा
वाशिंगटन डिसी । बिश्वभर रहेका एनआरएनका सदस्यहरुलाई एकै थलोमा जोड्ने तथा गोलबद्ध बनाउने उद्देश्यले ‘एनआरएन कनेक्ट एप’ अमेरिकाको सुबिनप्ररा इन्फोटेक इंक न्युयोर्क युएसएले केहि समय अगाडी निर्माण गरेको छ ।
भर्खर मात्र चालु अवस्थामा ल्याएको उक्त एनआरएन कनेक्ट एप आईफोन तथा एनड्रोइड दुबैमा डाउनलोड (राख्न) गर्न सकिने छ ।
यो एनआरएन कनेक्ट एप निशुल्क डाउनलोड गर्न सकिने छ । हरेक पटक एनआरएन कनेक्ट एप डाउन लोड गरेको खण्डमा $ १० सेन्ट नेपालका भूकम्प पीडितलाई सहयोग गर्ने जानकारी गराइएको छ ।
एनआरएन कनेक्ट एप एउटा सामाजिक एप हो भने यसको निर्माण गर्ने सुबिनप्ररा इन्फोटेक इंक न्युयोर्कले जति रकम यसबाट उठ्ने छ, त्यसको सम्पूर्ण रकम सत प्रतिसत भूकम्प पीडितलाई जाने जानकारी गराएको छ ।
बिस्तृत जानकारीको लागि यसका संचालक तथा एनआरएन आईसीसी अमेरिकाका सदस्य डा बिनोद शाहले (www.nrnconnet.com) मार्फत जानकारी लिन सकिने बताएका छन् ।
















प्रतिक्रिया