१ कार्तिक २०८३, शनिबार

राप्रपाको जग्गा र भवन नेताका छोरीहरुको नाममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको कार्यालय विवाद पुनः बल्झिएको छ।केही दिन अघिमात्र राप्रपा परित्याग गरेका नेता दिलविकास राजभण्डारीले धुम्बाराहीमा रहेको राप्रपा केन्द्रीय कार्यालयको जग्गा र भवन आफ्नो छोरीहरुको नाममा भएको भन्दै छाड्न आग्रह गरेका हुन्।

राप्रपा परित्याग गरेका राजभण्डारी राप्रपा नेपालको उपाध्यक्ष मनोनित भएका छन्। उक्त भवनमा भएको जग्गा आफ्नो रहेको र खाली गर्नका लागि आग्रह गरिएको उनले जानकारी दिए। राप्रपामा यसअघि पनि उक्त जग्गाको बारेमा विवाद भएको थियो। उक्त भवन ०७० साल वैशाख २३ गते उद्घाटन गरिएको थियो।दिलविकास राज भण्डारीले आफ्नी स्वर्गीय धर्मपत्नीको स्मृतिमा पौने १३ आना जग्गामा भवन बनेको दाबी गरेका छन्।