१ कार्तिक २०८३, शनिबार

बागमती खोलामा हराएका युवकको २४ घण्टापछि भेटियो शव

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ८ साउन । शनिवार दिउँसो काठमाडौंको सुन्दरीजलस्थित बागमती खोलामा खसेर बेपत्ता भएका किशोर मृत अवस्थामा फेला परेको छ।

काठमाडौंको कपनमा बस्दै आएका १६ वर्षीय शुभम श्री प्रधान शनिवार दिउँसो सवा ४ बजेतिर खोलामा फोटो खिच्ने क्रममा बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्।

उनीसँगै अन्य सात जना घुम्न भनेर सुन्दरी जल पुगेका थिए। शनिवार जानकारी पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरेको थियो।

आज बिहान करिब ७ बजेदेखि पुनःसुरक्षाकर्मीको टोलीले खोजी गर्दा हराएको ठाउँ नजिकै फेला परेको प्रहरीले जानकारी दिएको छ।