१ कार्तिक २०८३, शनिबार

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ८ साउन । प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-१ सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठ समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

बा.८३ प ७७६३ नम्बरको मोटरसाइकलमा मादक पदार्थ सेवन गरी सवार उनीहरूलाई सूर्यविनायक नगरपालिका-१ सिरूटार धन्सारचोकमा ड्युटीमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूले प्रहरीमाथि नै हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।