१ कार्तिक २०८३, शनिबार

स्रोत नखुलेको १७ लाख भारुसहित धनगढीबाट दुई किशोर पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ७ साउन । सशस्त्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शनिबार धनगढीमा स्रोत नखुलेको १७ लाख ६६ हजार ७ सय ७० भारतीय रुपैयाँसहित दुई जना किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ शान्तिटोल बस्ने १८ वर्ष मुनिका एक जना किशोर र १८ वर्षीय सरोज धामी छन् ।

धनगढीस्थित सशस्त्र प्रहरी बल नम्बर ३४ गण स्रोतका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलबाट रकम बरामद गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको रकम राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउने तयारी भइरहेको गणले जनाएको छ ।