१ कार्तिक २०८३, शनिबार

श्रीलङ्काका राष्ट्रपतिद्वारा इन्धन वितरणलाई प्राथमिकतामा राख्न निर्देशन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलम्बो, ७ साउन । श्रीलङ्काका राष्ट्रपति रानिल विक्रेमेसिङ्घेले इन्धन वितरण प्रक्रियालाई गति प्रदान गर्न र स्कूल र सार्वजनिक यातायातको लागि इन्धन उपलब्ध गराउनमा ध्यान केन्द्रित गर्न शनिबार सरकारलाई निर्देशन दिएका छन् ।

वरिष्ठ सरकारी अधिकारीलाई राष्ट्रको राजनीतिक गतिरोध तोड्न आ–आफ्नो स्थानबाट जिम्मेवारीवोध गर्न निर्देशन दिनुभएको हो । सञ्चालित सबै इन्धन डिपोबाट विद्यार्थी ओसारपसार गर्ने गाडीहरूमा इन्धन उपलब्ध गराउने आदेश दिएका हुन् ।

इन्धन अभावका कारण केही हप्ता बन्द भएपछि विद्यालय पुनः सञ्चालन हुने भएकाले मुलुकमा इन्धन संकट समाधान गर्न बैठकमा निर्देशन दिइएको थियो ।

माझी, किसान र पर्यटन क्षेत्रमा लागेकालाई पनि पर्याप्त मात्रामा इन्धन उपलब्ध गराउनुपर्ने राष्ट्रपतिले बताउनुभयो । विक्रमसिँघेले मुलुकको इन्धन कालोबजारी तत्काल समाधान गर्नुपर्ने बताउँदै प्रहरीलाई अनुसन्धान अघि बढाउन निर्देशन दिए ।

श्रीलङ्काले विदेशी मुद्रा अभावका कारण यस वर्षको शुरुदेखि नै इन्धन अभावको सामना गर्दै आएको छ ।-रासस