१ कार्तिक २०८३, शनिबार

कम्बोडियाद्वारा अमेरिकाको ‘कम्बोडिया लोकतन्त्र र मानव अधिकार ऐन २०२२’ को आलोचना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नोम पेन्ह, ७ साउन । कम्बोडियाको सिनेटले शनिबार संयुक्त राज्य अमेरिकाले हालै जारी गरेको ‘कम्बोडिया प्रजातन्त्र र मानव अधिकार ऐन २०२२; को आलोचना गरेको छ ।

उसले उक्त ऐनमा पक्षपाती, निराधार र पूर्वाग्रहपूर्ण सामग्री रहेको बताएको छ। सिनेटले विज्ञप्ति जारी गर्दै उक्त ऐन भूराजनीतिक स्वार्थले अभिप्रेरित रहेको टिप्पणी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ – यो विधेयकले सार्वभौमसत्ता सम्पन्न राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने, शान्ति र राजनीतिक स्थायित्व कायम गर्न र सबैका लागि सामाजिक-आर्थिक विकासको बाटोमा अगाडि बढाउँने काममा बाधा पुर्याउँन सक्ने बताएको छ ।

यसबाहेक उक्त ऐन दुई राष्ट्रका जनताको भावना र साझा आकाङ्क्षाको विपरीत रहेको समेत टिप्पणी गरेको छ ।-रासस