
काठमाडौँ, ७ साउन । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भएको छ । निर्वाचन अधिकृत प्रवीण हुमागाईंका अनुसार आज अपराह्नदेखि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भएको हो ।
७७ जिल्ला शाखा, उपशाखा, उपत्यका कमिटी र सातै प्रदेशका प्रतिनिधिहरूसमेत गरी कूल मतदाता एक हजार ६७९ रहेको निर्वाचन अधिकृत हुमागाईंले जानकारी दिए ।
अध्यक्ष पदमा तीनसहित पदाधिकारी ७२ र सदस्य ९५ गरी जम्मा १६९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । आज बिहान ११ बजे मतदान सुरु गर्ने भनिए तापनि मतपत्र छपाइ, उम्मेदवारको नामावली प्रकाशन र कर्मचारीको व्यवस्थापन गर्न समय लागेकाले मतदान ढिलो भएको हो ।















प्रतिक्रिया