
काठमाडौं, ६ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दावी गरेका छन् ।
आलोपालो प्रधानमन्त्रीको सहमतिको विषय उठाएको एक हप्तामै प्रचण्डले आफू चुनावपछि प्रधानमन्त्री बन्नुपर्ने खुलासा गरेका हुन् । शुक्रबार पेरिसडाँडामा प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।
उनले चुनावपछि माओवादीलाई कसैले पनि देशको नेतृत्व गर्नबाट रोक्न नसक्ने बताए । उनले भने, ‘माओवादीलाई देशको बागडोर सम्हाल्नबाट कसैले रोक्न सक्नेछैन ।’ राजनीतिमा खेल्न माहिर प्रचण्डको शुक्रबारको कडा रुपमा प्रस्तुत भाषणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।















प्रतिक्रिया