
काठमाडौं, ६ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले ल्याएको बजेट भ्रष्ट भएको बताएका छन् । शुक्रबार एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको उद्घाटन गर्दै उनले यस्तो बताए ।
अहिलको सरकारले कुन घरानाका लागि बजेट ल्याएको भन्ने स्पष्ट भइसकेको ओलीको टिप्पणी छ । विगतमा अपारदर्शी भएको भन्दै प्रश्न उठाउनेहरुले अहिले कस्तो छ भनि ओलीले प्रश्न गरे ।
बजेट निर्माण गर्दा कुन घराना र कस–कसलाई पोस्ने कार्य गरियो भन्ने प्रश्न गर्दै उनले भने, ‘यो भ्रष्ट बजेट हो। बजेट निर्माण गर्दा अर्थमन्त्रालयभित्र अनधिकृत व्यक्ति प्रवेश गर्ने अनि फुटेज हटाउनु र डिलिट गर्नु नै पर्याप्त छैन र? यसमा थप टिप्पणी गर्न म चाहन्नँ ।’
त्यस्तै, उनले एमालेको अर्थ विभागमा रहेको एम अधिकारीको खोजीका विषयमा पनि टिप्पणी गरे । ‘‘एमालेले खोटाङको एम अधिकारी भनेकै छ, तर पनि कांग्रेसले खोजेकै खोज्यै छ,’ उनले भने, ‘कांग्रेसको विभागमा पनि श्रीमानहरु (न्यायाधीश)बसेकै छन् ।















प्रतिक्रिया