१ कार्तिक २०८३, शनिबार

एम अधिकारीबारे ओलीको जवाफः न्यायालयमै कांग्रेस छन्

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमै कांग्रेस समर्थकहरु भएको बताएका छन् ।

उनले राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक पनि रहेको भन्दै खोटाङको एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरे ।

अध्यक्ष ओलीले एमालेको अर्थ तथा योजना विभागमा भएको एम अधिकारी गभर्नर होइन भने पनि कांग्रेसले खोजिरहेको टिप्पणी गरे । शुक्रबार एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा उनले भने, ‘नेकपा एमालेले भनिरहेको छ ।

खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस, सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन् । केन्द्रीय विभागका प्रमुख श्रीमान न्यायाधीश छन् कि छैनन् ? राजीनामा दिएको छ कहिले पनि सुनिएन नि त ?’