
गोरखा, ६ साउन । बिहीबारदेखि बिरामी भएकी गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ की २१ वर्षीया मिङ्मा छेन्जोम लामाको मृत्यु भएको छ। उपचारका लागि हेलिकप्टर कुर्दाकुर्दै उनको शुक्रबार दिउँसो करिब साढे १ बजे मृत्यु भएको वडाध्यक्ष सरोज लामाले बताए।
बिरामी उद्धार गर्न पनि जिल्ला प्रशासन कार्यालय गोरखासहित गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिनुपर्ने झन्झट रहेको वडाध्यक्ष लामा बताउँछन्।
‘हिजो बेलुकीदेखि मुटु दुख्यो भनेर उनी छटपटाइरहेकी थिइन्,’ लामाले भने, ‘उपचारका लागि उनलाई हेलिकप्टरबाट उद्धार गर्न बिहानदेखि लाग्यौं तर हेलिकप्टर नउड्दै उनको मृत्यु भयो।’
जिल्ला प्रशासन कार्यालय गोरखाले बिहान ८ बजेतिरै हेलिकप्टर उडान अनुमति दिए पनि मन्त्रालयहरूबाट अनुमति पाउन ढिलाइ भएको उनी बताउँछन्।















प्रतिक्रिया